काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार भदौ २१ गते सो बराबरको निक्षेप बैंकहरुका थपिएको हो ।
राष्ट्र बैंकका अनुसार भदौ २० गते ५० खर्ब ३५अर्ब रुपैयाँ रहेको निक्षेप भदौ २१ गते ५ अर्ब रुपैयाँले बढेर ५० खर्ब ४० अर्ब रुपैयाँमा पुगेको छ । त्यस्तै, सोही समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ४ अर्ब रुपैयाँले बढेको छ । भदौ २० गते ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको थियो २१ गते सो रकम ४ अर्बले बढेर ४४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि, सोही समयमा अन्य बैंक तथा वित्तीय संस्ताहरुको पनि निक्षेप भने स्थिर रहेको छ । भदौ २१ गते बैंक तथा वित्तीय संस्ताहरुको निक्षेप ५ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ ।
यसरी बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढ्दा कर्जा लगानी भने २ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ २० गते ४७ खर्ब १२ अर्ब रहेको निक्षेप २१ गते २ अर्बले बढेर ४७ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा वाणिज्य बैंकको कर्जा लगानी २अर्बले बढेर ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १ अर्बले बढेर ५ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
भदौ २१ गते बैंकहरुको सीडी रेसियो पनि घटेर ८८.२१ प्रतिशतमा झरेको छ ।


