काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुला गरेको छ । । प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्ने कार्यालयले जनाएको छ। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।
आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१-३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको तथा गर्भवती नभएको/नरहेको लगायतका याेग्ताहुनुपर्नेछ ।



