images
images

विदेशीले नेपालबाट लैजान्छन् ८ अर्ब रुपैयाँ


  • 597
    SHARES
  • २०७९ भाद्र २६ गते आइतबार

    विदेशीले नेपालबाट लैजान्छन् ८ अर्ब रुपैयाँ

    काठमाडौं । नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपैयाँ पनि लगिरहेका छन् । 

    विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८र७९ मा मात्रै करिब ८ अर्ब रुपैयाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र बैङ्कका अनुसार यो रकम औपचारिक माध्यमबाट गएको विप्रेषण मात्रै हो ।

    विश्व बैङ्कले पनि सन् २०२० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालबाट त्यतिबेला विप्रेषणका रूपमा ४ करोड ४१ लाख (करिब साढे ५ अर्ब रुपैयाँ) अमेरिकी डलर बाहिरिएको छ । त्यसअघि सन् २०१९ मा ६ करोड, २०१८ मा ४ करोड ९४ लाख, २०१७ मा ३ करोड ३४ लाख, २०१६ मा २ करोड र २०१५ मा ९० लाख अमेरिकी डलर रहेको विश्व बैङ्कको तथ्याङ्क छ । 

    यद्यपि औपचारिक माध्यमबाट बाहिरिएकोभन्दा धेरै रकम अनौपचारिक माध्यमबाट बाहिरिइरहेको अनुमान राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टको छ । 


    images

    Logo