काठमाडौं । कान्ति बाल अस्पतालले कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि अस्पतालले आवेदनमाग गरेको हो ।
अस्पतालको सघन उपचार कक्ष विस्तारका लागि करार सेवामा (आठौं तह), मेडिकल अधिकृत र बायो मेडिकल इन्जिनियरका लागि दरखास्त आह्वान गरिएको हो । इच्छुक नागरिकले आजबाट ७ दिनभित्र आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।
