काठमाडौंँ । रियलमीको सबैभन्दा सुपथ मुल्यको ५ जी स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको ५–जी स्मार्टफोन ९–आइ ५–जी रियलमी सार्वजनिक गरेको हो ।
लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ ।
हाम्रो मुख्य उद्धेश्य भनेको ५ जीलाई धेरै भन्दा धेरै उपभोक्तामा पर्याउनु हो र यसै सिलसिलामा हामीले ढष् छन् नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ ।”
उनले भने, “५००० एमएएचको शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ । साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपीको अल्ट्रा एचडी प्राइमरी क्यामरा सहितको ५० एमपी एआईको ट्रिपल क्यामरा रहेको छ ।
यो फोनको मूल्य २९ हजार ९ सय ९९ रुपैयाँ रहेका छ । यो फोन भदौ २८ गतेबाट दराज लगायत नेपालभरि रहेका रियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।


