images
images

रसुवागढी–केरुङ नाका आजदेखि खुला


  • 984
    SHARES
  • २०७९ भाद्र ३० गते बिहीबार

    रसुवागढी–केरुङ नाका आजदेखि खुला

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिए।

    चिनियाँ पक्षबाट आएको सन्देशमा कोरोना महामारीको सङ्क्रमणका कारण बन्द गर्नु परेको व्यापारिक नाका सङ्क्रमण कम भएसँगै खुला गरिएको उल्लेख गरिएको छ। साथै उक्त सन्देशमा बिहीबार चीनबाट नेपाली सामान बोकेका कन्टेनर नेपाल पठाइनेसमेत उल्लेख गरिएको पौडेलले जानकारी दिए।

    सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए। 

    नेपाली पक्षले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आएको छ तर चीनियाँ पक्षले त्यसबारे कुनै प्रतिक्रिया नदिएको खनालले बताए। दुवै नाका विगत तीन वर्षदेखि बन्द थिए।

     


    images

    Logo