काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट माग गरेको छ । शुक्रवार सूचना जारी गर्दै सेनाले अधिकृत स्तरको सेनानी पदमा विज्ञापन आह्वान गरेको हो । मागअनुसार खुल्लामा १ सय १७, महिलामा २२, आदिवासी जनजातिमा ३०, मधेसीमा २८, दलितमा १४, पिछडिएको क्षेत्रमा ७ र नेपाली सेनाका परिवारका लागि ११ जना कोटा छुट्याइएको छ।
अधिकृतका लागि प्रमाणपत्र तह उत्तिर्णका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उत्तिर्ण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्नेछ ।
