काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।
बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबर ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
उक्त ट्रेजरी विल २१ दिनको कात्तिक १ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि पुस ५ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको चैत ७ गते परिपक्व हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


