काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालय ऐनको दफा १५ अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा वाग्लेलाई नियुक्त विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
काठमाडौं विश्वविद्यालयको निवर्तमान रजिष्ट्रार प्राध्यापक सुवोध शर्माको कार्यकाल भदौ मसान्तमा सकिएको थियाे । योसँगै वाग्लेलाई नयाँ रजिष्ट्रारमा नियुक्त गरिएको हो ।