काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कर्मचारी माग गरेको छ ।
कम्पनीले करार सेवाका लागि चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले चार्टर्ड एकाउन्टेन्ट पदका लागि १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पदका लागि २ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।
