images
images

किन बन्द हुन लाग्यो माछापुच्छ्रेको बैंकिङ कारोबार ?


  • 508
    SHARES
  • २०७८ बैशाख १२ गते आइतबार

    किन बन्द हुन लाग्यो माछापुच्छ्रेको बैंकिङ कारोबार ?


    काठमाडौं । माछापुच्छ्रे बैंकको बैंकिङ कारोबार २ दिन बन्द हुने भएको छ । बैंकले आफूले सञ्चालन गर्दै आएको बैंकिङ सिष्टम प्रतिस्थापन गर्न लागेकोले हो । वैशाख १६ गते बिहीबार बेलुका ६ बजेदेखि १९ गते आइतबार बिहान ६ बजेसम्म बैंकिङ कारोबार बन्द गर्ने सूचना प्रकाशित गरेको हो । 

    बैंकले नयाँ सफ्टवेयर प्रतिस्थापन गरेपनि आम ग्राहकले इन्टरनेट तथा मोबाइल बैकिङ र एटीएम सेवा भने लिन सक्नेछन् । यस वाहेक अन्य सबै कारोबार बन्द रहने छ । साथै बैंकले नयाँ बैंकिङ सिष्टम लागू गरेपनि आम ग्राहकले भने साविक खाता नम्बरबाटै बैंकिङ कारोबार गर्न सक्ने जानकारी गराएको छ । 


    images

    Logo