images
images

समय घर्कियो, राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण


  • 374
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    समय घर्कियो, राष्ट्रपतिले गरिनन् नागरिकता विधेयक प्रमाणीकरण

    काठमाडौं । दोस्रोपटक संसदबाट पारित भएर गएको विधेयक प्रमाणीकरण गर्ने समय सकिएको छ । आज राती १२ बजे सो समय सकिएको हो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने उक्त विधेयक प्रमाणीकरण नगरी होल्डमा राखिदिएकी छिन् । 

    यसअघि राष्ट्रपति भण्डारीले विधेयकबारे ९ वटा सुझावसहित संसदलाई उक्त विधेयक फिर्ता पठाएकी थिइन् । तर, राष्ट्रपतिले प्रतिशोध साँधेको भन्दै सत्तारुढ दलहरुले विधेयकलाई जस्ताको त्यस्तै पुनः पारित गरेर पठाएका थिए । 

    विधेयक प्रमाणीकरण नगरेसँगै संवैधानिक संकटको अवस्था उत्पन्न भएको छ । संविधानले राष्ट्रपतिले संसदबाट गएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरे पनि राष्ट्रपतिले यसो नगरिदिएपछि अब के हुन्छ भन्नेबारे अन्यौलता सिर्जना भएको हो । 


    images

    Logo