images
images

प्रिपेड ग्राहकका लागि टेलिकमको नयाँ अफर


  • 383
    SHARES
  • २०७९ आश्विन ५ गते बुधबार

    प्रिपेड ग्राहकका लागि टेलिकमको नयाँ अफर

    काठमाडौं । नेपाल टेलिकमले प्रिपेड ग्राहकका लागि सस्तो मूल्यका सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड ग्राहकहरुका लागि दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने अफरहरु ल्याएको हो । असोज २ गतेदेखि रु. १९९ देखि रु. ६९९ सम्मका भ्वाइस, डाटा र एसएमएस प्याकहरु ल्याइएका छन् ।   

    एकपटक लिएपछि २८ दिनसम्म प्रयोग गर्न सकिने यस अफर अन्तर्गत रु. १९९ मा ४२०० एमबी (दैनिक १५० एमबी) डाटा, ४२० मिनेट (दैनिक १५ मिनेट) कुराकानी गर्ने र ४२० (दैनिक १५) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा रु. ३४९ मा १४,००० एमबी (दैनिक ५०० एमबी) डाटा, १४०० मिनेट (दैनिक ५० मिनेट) कुराकानी गर्ने र १४०० (दैनिक ५०) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

    यसैगरी रु. ४९९ मा १९,६०० एमबी (दैनिक ७०० एमबी) डाटा, १९६० मिनेट (दैनिक ७० मिनेट) कुराकानी गर्ने र १९६० (दैनिक ७०) वटा सन्देश पठाउन सकिने सुविधा प्रयोग गर्न सकिन्छ । यस अफर अन्तर्गत रु. ६९९ मा २८ जिबी (दैनिक १ जिबी) डाटा, २८०० मिनेट (दैनिक १०० मिनेट) कुराकानी गर्ने र २८०० (दैनिक १००) वटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । अफर अन्तर्गत उपलब्ध सबै सुविधाहरु खरिद गरेको मितिदेखि २८ दिनसम्म सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ । 


    images

    Logo