काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोडको रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । आइतवार बैंकले सो रकम बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको हो ।
बैंकले ९१ दिन अवधिको लागि ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिन अवधिको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ
उक्त ट्रेजरी बिल ९१ दिनको पुस १२ गते परिपक्व हुनेछ । १८२ दिन अवधिको चैत १४ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल आइतवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने बैंकले जनाएकोछ ।


