काठमाडौं । १७ महिना नपुग्दै युनाइटेड इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले राजिनामा दिएकी छिन् । उनी २०७८ साल बैंशाखमा चार बर्षको लागि सीईओ पदमा नियुक्त भएकी थिइन । तर उनी अहिले त्यहाँ काम गर्ने थालेको १७ महिना नपुग्दै बाहिरिएकी हुन् ।
पौडेलले ३५ बर्षको उमेरमा बीमा क्षेत्रको पहिलो कार्याकारी अधिकृतको रुपमा काम गर्ने सफल भएकी थिइन । पौडेल युनाइटेडको सिइओ हुनुभन्दा पहिला यूनाइटेडमै डेढ वर्षदेखि कार्यरत थिइन् । सो इन्स्योरेसमा उनले १७ महिना सीईओ र करिब ३ बर्ष काम गरेपछि उनी त्यहाँबाट राजिनामा दिइएकी हुन् ।