images
images

१९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 391
    SHARES
  • २०७९ आश्विन १२ गते बुधबार

    १९ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बैंकले ९१ दिन र १८२ दिन अवधि भएको सो बराबरको बिल विक्री गर्न लागेको हो ।

    बैंकले जारी गर्न लागेको बिलमध्ये ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको १० अर्ब रुपैयाँ बराबर रहेको छ । यो बिल नवीकरण प्रयोजनको लागि जारी गर्न लागिएको हो । 

    यसअघि असोज ९ गते राष्ट्र बैंकले सोही अवधिको १२ अर्ब १० करोड रुपैयाँको बिल नवीकरण गरेको थियो । सो बोलकबोलमा ९१ दिन अवधिको लागि ९.५८१८ र १८२ दिन अवधिको लागि ९.७४०६ प्रतिशत भारित औसत छुट दर प्रस्ताव गरिएको थियो ।  


    images

    Logo