काठमाडौं । तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बुधवार सुचना जारी गर्दै बिहीवार रिपोमार्फत सो बराबरको रकम बजारमा पठाउने भएको हो ।
इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले यही असोज २७ गते परिपक्व हुने यो रिपो बिहीवार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
बैंकहरुमा तरलताको समस्या भएपछि रिपोमार्फत तरलता व्यवस्थापन गर्न वित्तीय बजारमा राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो ।