काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले लिने अल्पकालिन ऋणको अवधि खुकुलो बनाएको छ । बिहीबार एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले बिदाका कारण स्थायी तरलता सुविधामा हुँदै आएको झण्झटलाई हटाएको हो ।
यसअघि यस्तो सुविधाको समयावधि अधिकतम ७ दिनको थियो । तर सातौं दिन बिदा पर्दा बैंकहरुले सोअघि नै रकम भुक्तानी गर्नुपर्ने अवस्था थियो । यस्तो व्यवस्था संशोधन गर्दै राष्ट्र बैंकले सातौं दिन बिदा परेमा यस्तो अवधि कार्यालय खोल्ने दिनसम्म पर सार्नसक्नेगरी नयाँ व्यवस्था गरेको हो ।
यो व्यवस्थाले अल्पकालीन ऋण लिएर तरलता व्यवस्थापन गर्ने बैंकहरुलाई सहज हुने भएको छ ।


