images
images

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिँन्छ योग्यता ? 


  • 671
    SHARES
  • २०७९ आश्विन १४ गते शुक्रबार

    खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिँन्छ योग्यता ? 

    काठमाडौं । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आज सूचना प्रकाशित गर्दै विभिन्न संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले विभागी प्रबन्धक जसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी कुनै सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको संगठित सङ् घ,संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव रहेको हुनपर्ने छ । 

    सह–विभागीय प्रबन्धकको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी कुनै सरकारी सेवा वा प्रचलित कानुनबमोजिम दर्ता भएको संगठित सङ्घ संस्था वा अन्तर्राष्ट्रिय सङ् घ संस्थाको अधिकृतस्तरको पदमा कम्तिमा छ वर्षको कार्यानुभव रहेको हुनेपर्ने छ । 

    वरिष्ठ अधिकृत र अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको हुनपर्नैछ भने वरिष्ठ सहायकता मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र तह/ +२ वा सो सरह उत्तीण गरेको हुनपर्ने छ । वरिष्ठ सहायक र अटो मिल मेकानिक्स पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इञ्जिनियरिङ्ग विषयमा प्रविणता प्रमाण पत्र तह/+२ वा सो सरह उत्तीर्ण गरेको हुनेपर्ने छ । 

    सहायक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा जि.पि.ए. २ ल्याई एस.ई.ई. वा सो सरह उत्तीर्ण गरेको हुनपुर्ने छ । योग्यता पुगेका  इच्छुक  नेपाली नागरिकहरुबाट  यो  सूचना  प्रकाशित  भएको  मितिले  २१ दिन  भित्र  रितपूर्वकको  दरखास्त  दिन सक्ने कम्पनीले जनाएको छ । 

    1.PNG

    2.PNG

     


    images

    Logo