काठमाडौं । नवरात्र अर्थात् बडादशैँको नवौँ दिन तलेजु मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । नवरात्रीको नवमीको दिनमात्र खुल्ने भएकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी तलेजु मन्दिरमा भक्तजनको भीड लागेको हो ।
नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीसाधनको पनि चाप देखिन्छ ।






