images
images

सवा १८ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 514
    SHARES
  • २०७९ आश्विन २३ गते आइतबार

    सवा १८ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबर ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ८ अर्ब रुपैयाँ ट्रेजरी विल जारी गर्ने भएको हो । त्यस्तै, १८२ दिनको लागि २ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी भएको हो ।  

    उक्त ट्रेजरी विल २१ दिनको कात्तिक २२ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि पुस २६ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको चैत २८ गते परिपक्व हुनेछ भने आगामी असोज २३ गते परिपक्क हुनेछ ।  

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 


    images
    images

    Logo