काठमाडौं । सूर्योदय वोमी लघुवित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सोमवार सूचना जारी गर्दै ६ पदका लागि केही कर्मचारी माग गरेको हो ।
कम्पनीले सहायक प्रबन्धकका लागि १ जना, अधिकृतका लागि केही,सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नागरिकले कार्तिक १६ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । उक्त पदका लागि एसएलसी पासदेखि स्नाकोत्तर पास गरेकासम्मले आवेदन दिन सक्नेछन् ।
