images
images

लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी


  • 457
    SHARES
  • २०७९ आश्विन २६ गते बुधबार

    लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि कर्मचारी

    काठमाडौं । लोक सेवा आयोगष्ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै राजपत्रांकित प्रथम र द्वितीय श्रेणीका लागि जागिर खुलाएको हो ।

    आयोगले (अप्राविधिक÷प्राविधिक), स्वास्थ्य सेवाका एघारौं र नवौं तहतथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत प्रथम र द्वितीय श्रेणीका पदका लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ती गर्ने गरी दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेको उम्मेदवारले अनलाइनमार्फत् फारम भर्न सक्नेछन् ।

    आयोगले कात्तिक १५ गतेसम्म म्याद दिएको छ भने दोब्बर दस्तुरको म्याद कात्तिक २२ गतेसम्म तोकेको छ । २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन सक्नेछन् । 

    sh.JPG

    sh1.JPG

     


    images

    Logo