images
images

निषेधाज्ञासम्बन्धी निर्णयको जिम्मा सीडीओलाई, उपत्यकामा ‘लकडाउन’को स‌ंकेत


  • 386
    SHARES
  • २०७८ बैशाख १२ गते आइतबार

    निषेधाज्ञासम्बन्धी निर्णयको जिम्मा सीडीओलाई, उपत्यकामा ‘लकडाउन’को स‌ंकेत

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाको लगाउने जिम्मा स्थानीय प्रशासनलाई दिएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो । साथै पहाडी जिल्लाहरुमा २ सय र तराई तथा उपत्यकामा ५ सय भन्दा बढी संक्रमित भेटिए लकडाउन गर्नसक्ने जनाएको छ । 

    यो निर्णयसँगै काठमाडौं उपत्यकासहित शहरी इलाका रहेका जिल्लाहरुमा लकडाउन हुने अवस्था आएको छ । काठमाडौं उपत्यकामा तीन जिल्लाका सीडीओहरुको बैठकले निषेधाज्ञासम्बन्धी निर्णय गर्नेछन् । तर कस्तो खालको निषेधाज्ञा हुन्छ भन्नेबारे निर्णय भने स्थानीय प्रशासनले नै गर्नेछन् ।


    images

    Logo