काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
शुक्रबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै निगमले निर्देशकदेखि बाउजर अपरेटरसम्मको आवेदन माग गरेको हो ।
योग्यता पुगेका इच्छुक आवेदकले सुचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने छन भने दोब्बर दस्तुर तिरेर थप ७ दिनको समयसम्म आवेदन दिन सक्ने कम्पनिले जनाएको छ । सो आवेदनमा कक्ष ८ पासदेखि स्नाकेत्तर गरेकासम्मले दरखास्त दिन सक्नेछन् ।

