images
images

५ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 464
    SHARES
  • २०७९ कार्तिक ४ गते शुक्रबार

    ५ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    बैंकले ९१ दिनको लागि ३ अर्ब ६० करोड रुपैयाँ  ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि २ अर्बको  ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको माघ  १० गते परिपक्क हुनेछ भने ३६४ दिनको आगामी कात्तिक ७ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 


    images

    Logo