images
images

नेपाल टेलिकमले ल्यायो तिहार अफरः १० दिनको लागि २९४ रुपैयाँमा २० जीबी डाटा


  • 546
    SHARES
  • २०७९ कार्तिक ५ गते शनिबार

    नेपाल टेलिकमले ल्यायो तिहार अफरः १० दिनको लागि २९४ रुपैयाँमा २० जीबी डाटा

    काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको दोस्रो महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । उक्त अफरहरु  कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् ।  

    डाटा प्याक अन्तर्गत १० दिनको लागि २ सय ९४ रुपैयाँमा २० जीबी डाटा र ३ दिनको लागि ९८ रुपैयाँमा ६ जीबी डाटा प्रयोग गर्न कम्पनीले जनाएको छ । 

    त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समयमा पनि प्रयोग गर्न कम्पनीले जनाएको छ । 

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ ।  २ सय रुपैयाँ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । 


    images

    Logo