images
images

१६ अर्ब ६६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 859
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    १६ अर्ब ६६ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    बैंकले ९१ दिनको लागि ५ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।

    त्यस्तै, ३६४ दिनको लागि १ अर्ब ५६ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको माघ १७ गते परिपक्क हुनेछ भने १८२ दिनको अगामी बैशाख १९ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको आगामी कात्तिक १४ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 


    images

    Logo