images
images

मध्य भोटेकोशीको आईपीओ २१ गतेदेखि


  • 625
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    मध्य भोटेकोशीको आईपीओ २१ गतेदेखि

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर २१ गतेदेखि खुल्ने भएको छ । सो कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि ६० करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने तयारी गरेको हो । 

    सिन्धुपाल्चोक जिल्लाका जिल्लाबासी तथा आयोजना प्रभावितहरुले यो शेयर भर्न पाउँछन् । ६० लाख कित्ता शेयरमध्ये १८ लाख कित्ता आयोजना प्रभावित तथा ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाका जिल्लाबासीलाई छुट्याइएको छ । 

    न्यूनतम १० कित्तादेखि अधिकतम ४ सय कित्तासम्म शेयर भर्न पाइन्छ । शेयर भर्ने म्याद छिटोमा जेठ ४ र ढिलोमा जेठ २० गतेसम्म तोकिएको छ । 


    images

    Logo