images
images

लोक सेवा आयोगको गम्भीर त्रुटी


  • 416
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    लोक सेवा आयोगको गम्भीर त्रुटी

    काठमाडाैं । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सवा आयोगको नियुीक्त प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ ।

    आयोगका तात्कालिन अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा रहेको शिक्षक सेवा आयोगका पदाधिकारी छनोट गर्न गठित समितिले हचुवा र आफ्नै रुचिअनुसारका व्यत्तिः छनौट र्नेगरी सिफारिस प्रतिवेदन तयार पारेको पाइएको छ । समितिले यसरी तयार पारेको प्रतिवेदन गत फागुन ४ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष पेश भएको थियो । 

    लोकसेवा आयोगले हचुवा प्रकृतिले सिफारिस प्रतिवेदन तयार गरी पेश गरेको दाबी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो सिफारिसलाई कार्यान्वयन गर्न नसकिने प्रष्ट पारेको छ । योसँगै शिक्षक सेवा आयोग पदाधिकारीको नियुक्ति थप अन्यौलमा परेको छ ।

    समितिले तयार पारेको सिफारिस प्रतिवेदनमा शिक्षक सेवा आयोगका पदाधिकारी सिफारिस गरिएको भन्नुपर्नेमा कार्यविधिसम्बन्धी व्यवस्थामा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक भन्ने वाक्यांश पर्न गएको छ । मन्त्रालयले उक्त मूल्यांकन प्रतिवेदन वस्तुनिष्ठ रुपमा मूल्यांकन र सिफारिस भएको नदेखिएकोले पुनः सिफारिस गर्न समितिलाई आग्रह गर्दै सिफारिस फिर्ता पठाएको छ । राजधानी दैनिकबाट


    images

    Logo