काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का संयोजक रामचन्द्र संघईले कोभिड-१९ महामारीका कारण कार्यस्थलमा रोजगारदाताको लगानी बढेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औं बैठकलाई सम्बोधन गर्दै उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रका लागि रोजगारदाताले थप लगानी गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त सम्मेलनमा संघईले यो महामारीले अर्थतन्त्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए । यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि आग्रह समेत गरे ।
उनले नेपालमा कोरोना संक्रमण फैलिन शुरू भए लगत्तै देशव्यापी रुपमा ३ महिनासम्म बन्दाबन्दी हुँदा पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै दुई दशकमै पहिलोपटक मुलुकको आर्थिक रुपमा ऋणात्मक अवस्थामा पुगेको समेत उल्लेख गरे ।
१७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आआईएलओ बैठक जुन ३ सुरु भइ जुन १८ सम्म सञ्चालन हुनेछ ।


