images
images

वाणिज्य बैंकको नाफा सवा ३ अर्ब, ऋणको १.२२ प्रतिशत सस्तो


  • 433
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    वाणिज्य बैंकको नाफा सवा ३ अर्ब, ऋणको १.२२ प्रतिशत सस्तो

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा बैंकले उक्त नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष बैंकले ३ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो । अहिलेको नाफा उक्त नाफाभन्दा करिब ८ प्रतिशत बढी हो । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४ करोड रुपैयाँ छ । 

    बैंकले चैत मसान्तसम्म २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । ९ अर्ब १८ करोड चुक्ता पुँजी भएको बैंकसँग हाल रिजर्भमा १४ अर्ब र वितरण नगरिएको नाफा ३ अर्ब समेत गरी करिब २७ अर्बको पुँजीकोष रहेको छ । 

    यो अवधिमा बैंकले १२ अर्ब २५ करोड ब्याज आम्दानी गरी ५ अर्ब ९० करोड ब्याज खर्च गरेको छ । शुल्क तथा कमिसनबाट ६५ करोड रुपैयाँ आम्दानी गरको छ । बैंकले यो अवधिमा कर्मचारी खर्चमा २ अर्ब २३ करोड र सञ्चालन खर्चमा ८८ करोड खर्चिएको छ । 

    बैंकको पुँजीकोष अनुपात १२.८८ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.६२ प्रतिशत, कस्ट अफ फण्ड ३.३९ प्रतिशत, आधारदर ५.५० प्रतिशत र ब्याजको स्प्रेडदर ४.४० प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको आधारदर ६.७२ प्रतिशत थियो । अहिलेको आधार दरले ऋणको ब्याजदर १.२२ प्रतिशत सस्तो भएको छ ।


    images

    Logo