काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १८ अर्ब १० करोडको ट्रेजरी विल जारी गर्ने लागेको हो ।
बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने बैंकले ९१ दिनको लागि ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको मंसिर २० गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी माघ २४ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी बैशाख २६ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


