काठमाडौं । ग्लोबल आइएमई बैंक ११.२५ प्रतिशत व्याजदरमा ऋणपत्र ल्याउने भएको छ । बैंकले उक्त ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त कार्यको लागि ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच ग्लोबल आइएमई बैंक लि., कमलादी, काठमाण्डौंमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता गरिएको छ ।
बैंकले ५ अर्ब बराबरको “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” जारी गर्न लागेको छ । सो ऋणपत्रको समयावधि पाँच वर्षको रहेको छ ।