काठमाडौं । एनआईबीएल क्याटिलको सञ्चालनमा आउन लागेको म्युचुअल फण्ड एनआईबीएल समृद्धि फण्ड–२ कोे आईपीओ आजदेखि खुल्न लागेको हो ।
सो फण्डले १ अर्ब २० अर्ब रुपैयाँ बराबरको १२ करोड इकाई कित्ता निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
उक्त इकाईमध्ये कोष व्यवस्थापक एनआईपीएल क्यापिटललाई १ करोड इकाई र कोष प्रवद्र्धक २ करोड ४० लाख कित्ता छुट्याएर बाँकी रहेको ९ करोड ६० लाख कित्ता इकाई सर्वसाधारणलाई वितरण हुनेछ । सो इकाईका लागि न्यूनतम १ सय कित्तादृखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
घट्दो बजारमा लगानी गर्न के गर्ने ?
शेयर बजार अहिले उच्च विन्दुबाट तलतिर झर्ने क्रममा छ । म्युचुअल फण्डले मूलतः पुँजी बजारमै लगानी गर्ने भएकोले घट्दो बजारलाई म्युचुअल फण्डहरुले लगानीको अवसरको रुपमा लिन्छन् । तर, बजार घट्दो भए पनि बजार उच्चतम विन्दुमै रहेको अवस्थामा यतिबेला बजारमा प्रवेश गर्दा भने उच्च नाफाको सम्भावना कम हुन्छ ।
एनआईबीएल क्यापिटल आफैंमा म्युचुअल फण्डको सञ्चालनमा अनुभवी रहेका कारण लगानीबाट उचित प्रतिफल दिन सफल हुन्छ भन्ने आशा गर्न भने सकिन्छ ।


