images
images

चुनावको मुखमा आन्दोलन नगर्न व्यवसायीलाई एफएनसीसीआईको अपिल


  • 507
    SHARES
  • २०७९ कार्तिक २३ गते बुधबार

    चुनावको मुखमा आन्दोलन नगर्न व्यवसायीलाई एफएनसीसीआईको अपिल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाचनको मुखमा आन्दोलन नगर्न व्यवसायीलाई आग्रह गरेको छ । बैंकको बढ्दो ब्याजदरका कारण आन्दोलनमा उत्रिरहेका व्यवसायीहरुलाई चुनावसम्म कुर्न महासंघले भनेको हो । 

    महासंघले ब्याजदरको स्थायित्व र चालुपँुजी कर्जा मार्गदर्शन स्थगित गर्न माग गर्दै आएको जनाएको छ । केन्द्रीय बैंकले लागु गरेको मार्गदर्शनका कारण मर्माहत भएको बताउँदै महासंघले यो सम्बन्धमा विभिन्न जिल्ला वा बस्तुगत संघ महासंघको धारणाप्रति ऐक्यवद्धता जनाएको छ । यद्यपि लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण भएको भन्दै यो अवधिसम्म विरोधका कार्यक्रम स्थगित गर्न महासंघले आग्रह गरेको छ । 

    आफूहरु राष्ट्र बैंक र सरकारसँग निरन्तर सम्बादमा रहेको भन्दै यो समयसम्म पनि मागको सुनुवाइ नभए महासंघकै नेतृत्वमा थप कार्यक्रमहरु घोषणा गर्ने समेत महासंघले जनाएको छ । 


    images

    Logo