images
images

क्रिप्टो जायन्ट कम्पनी एफटिएक्स टाट पल्टियो, अमेरिकी अदालतमा निवेदन


  • 649
    SHARES
  • २०७९ कार्तिक २६ गते शनिबार

    क्रिप्टो जायन्ट कम्पनी एफटिएक्स टाट पल्टियो, अमेरिकी अदालतमा निवेदन

    क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी एफटीएक्स टाट पल्टिएको छ । सो कम्पनीले अमेरिकी अदालतमा टाट पल्टिएको घोषणा गर्न माग गर्दै निवेदन दायर गरेको छ । 

    कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ ।  यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले आफूले कम्पनीको स्थितिको कारण राजीनामा दिएका हुन् ।

    एक हप्ताको अन्तरमा एफटी एक्सको साम्राज्यको पतन भएप्छि केही समयदेखि संकटमा गुज्रिरहेको क्रिप्टो बजारको विश्वास धर्मराएको छ । यसअघि किङ्ग अफ क्रिप्टो पनि भनिने स्यामले ट्वीटरमा लेखेका छन्– ‘अहिलेको स्थितिको लागि म फेरि एकपटक माफी चाहन्छु । आशा छ परिस्थिति राम्रो हुँदै जानेछ । आशा छ कि हामीले प्रक्रियामा पारदर्शिता र विश्वास ल्याउन सक्छौं । जस्तो अवस्था आयो त्यसमा म पनि आश्चर्यचकित छु ।’

    कम्पनीको पतन हुनुअघि, स्याम क्रिप्टो बजारका हस्ती मानिन्थे । १५ अर्ब डलर नजिकको सम्पति पुगेका स्यामको तुलना दिग्गज लगानीकर्ता वारेन बफेटसँग हुन थालेको थियो ।  एफटीएक्स लगायत स्यामको स्वामित्वमा रहेका अन्य व्यवसायमा वित्तीय समस्या आएको हल्लापछि एक्कैपटक ठूलो संख्यामा ग्राहकहरूले एफटी एक्सबाट पैसा निकाल्न प्रयास गर्दा यस्तो स्थिति आएको बताइन्छ । 

    डिजिटल टोकनहरू किनबेचमा प्रयोग हुने एफटी एक्सको नगदको संकट उत्पन्नलाई समाधान गर्न स्यामले प्रयास गरे पनि त्यो सफल हुनसकेन । यसका कारण लाखौं ग्राहकहरूको पैसा एफटीएक्समा फसेको छ, जुन उनीहरू अहिले निकाल्न सकिरहेका छैनन् । 

    टाट पल्टिएको आवेदन दिएपछि, कम्पनीले अदालतको निगरानीमा काम गर्नेछ र त्यस अन्तरालमा कम्पनीले उसका ऋण पुनर्संरचना गर्न सक्छ । (बीबीसी)


    images

    Logo