काठमाडौं । दुई लघुवित्तको ५ लाख कित्ता भन्दा बढी शेयर लिलामीमा बिक्री हुने भएको छ । मेरो माइक्रोफाइनान्स र आरएमडीसी लघुवित्तको सो परिमाण बराबरको संस्थापक शेयर लिलाम बढाबढमा बिक्री हुन लागेको हो ।
मेरो माइक्रोफाइनान्सको ६२ हजार ३ सय ८८ कित्ता तथा आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजार ३ सय ५५ कित्ता शेयर बिक्री हुन लागेको सो कम्पनीको शेयर रजिष्ट्रार एनआईबीएल क्यापिटलले जनाएको छ ।
मेरो माइक्रोफाइनान्सको शेयरको न्यूनतम मूल्य ६ सय रुपैयाँ कायम गरिएको छ । आरएमडीसीको शेयरको मूल्य भने ४ सय ३७ रुपैयाँ तोकिएको छ । दुवै शेयर विद्यमान सञ्चालकहरुले मात्रै खरिद गर्न सक्नेछन् ।