images
images

१३ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 589
    SHARES
  • २०७९ कार्तिक २७ गते आइतबार

    १३ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १३ अर्ब ८५ करोडको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको मंसिर २७ गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी फागुन २ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ २ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images

    Logo