काठमाडौं । लोक सेवा आयोगले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले मंसिर २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुर तिरेर मंसिर २७ गतेसम्म आवेदन दिनसक्ने आयोगले जनाएको छ ।

