images
images

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति


  • 415
    SHARES
  • २०७९ मंसिर ४ गते आइतबार

    निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौं–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौं–दिल्ली उडान कटौती गरेको थियो ।

    निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि  दिल्ली–काठमाडौं  दैनिक  एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउने बुधबारदेखि दैनिक दुई उडानको अनुमति दिएको हो ।

    हाल काठमाडौं–दिल्ली हरेक दिन बेलुका पाँच बजे उडान गर्दै आएको भिस्तरा एयरले बुधबारदेखि बिहानसमेत उडान गर्न लागेको प्राधिकरण स्रोतले जनाएको छ । प्राधिकरणले यसअघि नै दिल्ली–काठमाडौं उडान गर्दै आएको इन्डिगो एयरको पनि दैनिक एक उडान थप गरिसकेको छ । 


    images

    Logo