images
images

विदेशी लगानी बराबर नै लाभांश फिर्ता


  • 423
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    विदेशी लगानी बराबर नै लाभांश फिर्ता

    काठमाडौं । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक ((असोज) सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपैयाँ लाभांश लगेका हुन् । जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ ।

    यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल ८ करोड रुपैयाँले मात्र कम हो, जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो । लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। 

    गत आर्थिक वर्षमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेका थिए । गत आर्थिक वर्षको तीन महिनामा भने २३ करोड १५ लाख रुपैयाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ । 

    त्यसअघि आर्थिक वर्ष २०७७र७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपैयाँ मात्र लाभांश लगेका थिए। सोही आर्थिक वर्षको तीन महिनामा जम्मा ५४ लाख रुपैयाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ। 


    images

    Logo