काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो ।
भाषा परीक्षामा सहभागी हुन आगामी पुस ४ गतेदेखि ८ गतेसम्म आवदेन फारम भर्न सक्ने शाखाले जनाएको छ । आवेदन फाराम eoers.epsnepal.gov.np मार्फत भर्न सकिनेछ । आवेदन फारम शुल्क अमेरिकी डलर २८ लाग्नेछ ।
आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको भाषा परीक्षा माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणमा फागुन ८ गतेदेखि फागुन २६ गतेसम् हुने भएको छ । सीप परीक्षण पहिलो चरणको आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।
परीक्षा एक दिनमा चार सिफ्टमा सञ्चालन हुने शाखाले जनाएको छ ।




