images
images

पूर्वसांसद पौडेललाई मष्तिष्कघात


  • 565
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    पूर्वसांसद पौडेललाई मष्तिष्कघात

    काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा. विदुर पौडेल मष्तिष्कघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् ।

    अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए ।

    पक्षघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्व विद्यालय पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले जानकारी दिए ।

    सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविधालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।


    images

    Logo