काठमाडौं । गणपति लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले कर्जा असुली अधिकृतमा १ जना, शाखा प्रबन्धकका लागि केही र प्रशिक्षार्थी सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो विविभन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कर्जा असुली अधिकृतको लागि इच्छुक व्यक्तिले प्रविणता पास गरेको हुनपर्ने छ भने उक्त कर्जा असुलीमा राम्रो अनुभव भएको व्यक्ति हुनपर्ने कम्पनीले जनाएको छ ।
शाखा प्रबन्धकका लागि प्लस टु तह उर्तिणको र अन्य कुनै लघुवित्तमा ३ बर्ष कार्य गरेको हुनपर्ने छ । प्रशिक्षार्थी सहायक लागि एसएलसी वा एसईई उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले मंसिर २७ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
