images
images

देशका केहि स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना


  • 557
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    देशका केहि स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

    काठमाडौं । आज देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

    कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू–भागमा भारी वर्षा हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

    हाल पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

    गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा भारी र थोरै स्थानमा धेरै भारी वर्षा भइरहेको जनाएको विभागले उक्त प्रणालीका कारण अझै ४/५ दिन देशभर असर रहने बताएको छ । 

     


    images

    Logo