images
images

४ पदको लागि साधना लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ?


  • 665
    SHARES
  • २०७९ मंसिर २२ गते बिहीबार

    ४ पदको लागि साधना लघुवित्तले माग्यो कर्मचारी, कति चाँहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । साधना लघुवित्तले ४ पदको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले विहीबार सुचना जारी गर्दै अधिकृत/सहायक अधिकृत (आन्तरिक लेखापरिक्षण विभाग), अधिकृत/सहायक अधिकृत (कर्जा असुली विभाग), सुपरभाईजर/वरिष्ठ सहायक र व्यवस्थापक प्रशिक्षार्थी माग गरेको हो । 

    त्यस्तै, अधिकृत/सहायक अधिकृत (आन्तरिक लेखापरिक्षण विभाग)को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापक विषयमा स्नातक उत्तीर्ण गरेको बा कुनै बैंक तथा वित्तीय संस्थामा आन्तरिक लेखापरिक्षण विभागमा कम्तिमा २/१ बर्ष काम गरेको अनुभव हुनपर्ने छ । 

    अधिकृत/सहायक अधिकृत( कर्जा असुली विभाग)को लागि स्नातक तह उत्तीर्ण गरि कुनै वित्तीय संस्थामा काम गरेको ७ बर्ष हुनपर्नेछ भने सुपरभाईजरका लागि प्रमाणपत्र तह उत्तीर्ण गरि ३/४ बर्ष कुनै वित्तीय संस्थामा काम गरेको हुनुपर्ने छ । 

    त्यस्तै, व्यवस्थापक प्रशिक्षार्थीको लागि स्नातक तह उत्तीर्ण गरेको र १ बर्ष कम गरेको हुनुपर्नेछ ।


    images

    Logo