images
images

त्रिविको छात्रावासमा रुवाबासी


  • 491
    SHARES
  • २०७८ बैशाख १३ गते सोमबार

    त्रिविको छात्रावासमा रुवाबासी

    काठमाडौं । कोभिड–१९ को दोस्रो लहरसँगै परीक्षा स्थगित भएसँगै त्रिभुवन विश्वविद्यालयमा आवासीय रुपमा बसिरहेका विद्यार्थीहरुको रुवाबासी भएको छ । कोभिड–१९ रोकथाम तथा व्यवस्थापन केन्द्रको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयले यसअघि घोषणा गरिएका सबै परीक्षाहरु स्थगित गरेको थियो । 

    पूर्णकालीन रुपमा पढ्न बसेका विद्यार्थी परीक्षा स्थगित भएपछि समस्यामा परेका हुन् । लकडाउनसँगै पढाइ नहुने र होस्टलमा शुल्क तिरेर त्यतिकै बस्नुपर्दा विद्यार्थीहरुमा समस्या भएको हो । 

    विश्वविद्यालयमा आवासीय रुपमा बसेका एक विद्यार्थी भन्छन्, ‘परीक्षा स्थगित भएको खबरपछि निकै तनाव भयो । धेरै साथीहरु रोए । परीक्षा सकेर जागिर सुरु गर्ने सोच भएकाहरु निकै तनावमा छन् ।’


    images

    Logo