images
images

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


  • 1.2K
    SHARES
  • २०७८ आषाढ ५ गते शनिबार

    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं ।  आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  प्रदेश १, र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा आज बिहानदेखि हल्का वर्षा भइरहेको छ  ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।  विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

    आज राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले  सतर्क रहन विभागले आग्रह गरेको छ । 


    images

    Logo