images
images

बचत खातामा ५.६० प्रतिशत ब्याज दिँदै एनएमबि बैंक


  • 1.2K
    SHARES
  • २०७८ आषाढ ५ गते शनिबार

    बचत खातामा ५.६० प्रतिशत ब्याज दिँदै एनएमबि बैंक


    काठमाडौं । एनएमबि बैंकले बचतमा सबैभन्दा बढी ब्याज दिने भएको छ । बैंकले आफ्ना निक्षेपकर्तालाई बचत खातामै सर्वाधिक ब्याज दिने निर्णय गरेको हो । बैंकले आफ्ना बचतकर्ता ग्राहकलाई बचत खातामा ५.६० प्रतिशत र मुद्दती निक्षेपमा ८.३० प्रतिशत वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

    बैंकले बचत खातामा दिने भनेको ब्याज बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज हो । एनएमबिले कोडिभको यो महामारीमा पनि बचतकर्तालाई  निक्षेपमा सबैभन्दा बढी ब्याजदर  प्रदान गर्दै आएको थियो । 

    हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरीरहेकोे छ ।

    हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । साथै एनएमबि बैंकले अनलाइनबाटै खाता खोल्न सक्ने सुविधा पनि प्रदान गरेको छ । 


    images

    Logo